बन्द गराउँदै हिड्ने माओवादीका पाँचदर्जन कार्यकर्ता पक्राउ
धरान/बन्द गराउँदै हिड्ने नेकपा (माओवादी) का करिब ५ दर्जन कार्यकर्तालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरी काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार कालीमाटी, बानेश्वर, रत्नपार्क, महाराजगञ्जमा बन्द गराउन चोकमा भेला भएका उनीहरूलाई पक्राउ गरिएको हो ।
अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको उनले बताए। माओवादीले खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै नेपाल बन्दको आह्वान गरेको हो।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























