इटहरी /इटहरीको पर्यटकीय क्षेत्र तालतलैया क्षेत्रमा रहेको पोखरी छेउको नहरमा डुवेर आइतबार एक युवकको मृत्यु भएको छ ।
आइतबार दिउँसो तीन बजेतिर नहरमा पौडी खेल्ने क्रममा डुबेर इटहरीस्थित आँपगाछी घर भएका १६ बर्षिय निश्चल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार वेहोस भएका युवकलाई उपचारका लागि विराटनगर लगिएको थियो ।उनको बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
नहरमा डुबेर एकको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























