इनरुवा/ वैदेशिक रोजगारका लागि कतार पुगेका नेपालीहरुले विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि मधेशाको एक विद्यालयलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । रोजगारीका लागि कतार पुगेका युवाद्वारा गठित सुनसरी सिर्जनशील परिवार नेपालले मधेशा–६ मा रहेको श्री शिशु निमाविको भौतिक पूर्वाधार सुधारका लागि रकम उपलब्ध गराएको हो ।संस्थाका सुनसरी अध्यक्ष पुष्प कार्की, कतारका उपाध्यक्ष विनोद कटवाल, सल्लाहकार संयोजक रामसागर मेहता सहितले विद्यालयका प्रअ राजेन्द्रप्रसाद चौधरीलाई रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा गाविस सचिव सङ्गीता चौधरी, विभिन्न दलका प्रतिनिधि, समाजसेवी, अभिभावक लगायत उपस्थित थिए । संस्थाले गत वर्ष समेत विभिन्न सातवटा विद्यालयमा भौतिक पूर्वाधार निर्माण सहयोगका साथै शैक्षिक सामग्री उपलब्ध गराएको थियो ।यसैबीच भाषी उच्च माविमा समेत शैक्षिक सामग्रीसहित कक्षा १ देखि कक्षा ५ सम्मका प्रथम हुने छात्रछात्रालाई प्रोत्साहन स्वरुप छात्रवृत्ति रकम वितरण गरिएको कोषाध्यक्ष कैलाश कार्कीले जानकारी दिए ।
स्थाले शिक्षाका साथै सामाजिक कार्य अन्तर्गत विभिन्न क्षेत्रमा आर्थिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले आउँदो मङ्सिर ४ गते पहिलो साधारणसभा आयोजना गरेको छ । थप परिस्कृत तवरले कार्यक्रमहरु अघि लैजानेबारे सरोकारवालाहरुसँगको राय सुझाव अनुरुप अघि बढ्ने सुनसरी अध्यक्ष पुष्प कार्कीले बताए ।