इनरुवा/ सुनसरीको नरसिंह–१ इस्लामनगरमा निःशुल्क आँखा तथा कान जाँच शिविर आयोजना गरिएको छ । मुश्लिम ओरफनेज नेपालको आयोजनामा मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटीले निःशुल्क आँखा तथा कान जाँच शिविर आयोजना गरेको हो ।
प्रत्येक महिनाजसो विभिन्नखाले कार्यक्रम आयोजना गर्दैआएको वेलफेयर सोसाइटीले ग्रामीण क्षेत्रका सर्वसाधारणको सहज र सुलभ स्वास्थ्योपचारको उद्देश्य लिएर शिविर आयोजना गरिएको जनाएको छ ।शिविरमा महिला तथा वृद्धवृद्धाहरुको उल्लेखनीय भीड थियो । शिविरमा ४ सय जनाले जाँच गराएको मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटीका महासचिव खुर्शिद आलमले बताए । नेपाल नेत्रज्योति सङ्घ विराटनगरको सहयोगमा स्वास्थ्य शिविर आयोजना गरिएका थियो ।
मोतियाविन्दु भएका ३० जनालाई थप उपचारको व्यवस्था मिलाइने मिल्लतका अध्यक्ष मौलाना फिरोज फलाहीले बताए ।