विराटनगर/विराटनगर–१३ जहदा रोडमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले विश्व मधुमेह दिवसको अवसर पारेर निःशुल्क मधुमेह परामर्श तथा सुगर जाँच गरेको छ ।मधुमेहसम्बन्धी जनचेतना बढाउन आयोजना गरिएको परामर्श सेवामा हस्पिटलका विशेषज्ञ जनरल फिजिसियन डा. केशरबहादुर गुरुङबाट ९७ जना बिरामीको स्वास्थ्य जाँच तथा निःशुल्क औषधी पनि वितरण गरिएको हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।अस्पतालले.आवश्यकता अनुसार समय–समयमा विभिन्न निःशुल्क शिविर आयोजना गर्दैआएको र भविष्यमा पनि यस्ता प्रकारका कार्यक्रमहरु गर्ने बताइएको छ ।