माछा मार्दा करेन्ट लागेर एकको मृत्यु
सुरुङ्गा (झापा)/खोलामा करेन्ट लगाएर माछा मार्नेक्रममा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार मेचीनगरपालिका– ११ का ३३ वर्षीय कुमार मगरको करेन्ट लागेर मृत्यु भएको हो । मङ्गलबार स्थानीय पालिया खोलामा माछा मार्दा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते बनेका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा ल्याए पनि उनको अस्पतालमा नै मृत्यु भएको बताइएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































