धरान/फेन्दे हिमालयन सोरिग औषधालय धरानले बुधबार दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसर पारेर तीनदिने निःशुल्क सोरिग उपचार शिविर सञ्चालन गरेको छ ।
[caption id="attachment_19343" align="alignnone" width="960"]
तस्बिर: भाेजराज श्रेष्ठ[/caption]
धरान–५ महेन्द्रपथस्थित औषधालयमै शिविर सञ्चालन गरेको हो । शिविरमा पूर्वको विभिन्न जिल्लाबाट विरामीहरु सेवाका लागि आएका छन् । शिविरलाई औषधालय तथा सोवारिपा इन्टरनेशनल कलेजका संस्थापक प्रमुख डा. तेन्जिङ धार्के गुरुङ, लामा राजेन्द्र स्याङ्बोलगायतले उपचार गरिरहेका छन् ।
सोरिग उपचार पद्दती सबैभन्दा पुरानो उपचार पद्दतीमा पर्दछ । भगवान गौतमबुद्धले यो उपचार पद्दती अपनाएको लामा स्याङ्बोले बताए । तीन हजार मिटर भन्दा माथिका हिमाली जडिबुटीहरुको प्रयोग गरेर उपचार पद्दती अपनाउने गरिएको छ । यस अघि धरान–१५ स्थित ङागुर ङ्युङ्ने लाखाङ छ्योलिङ गुम्बा परिषरमा उपचार गरिदै आइएको थियो ।
हालसम्म २० हजार भन्दा बढीलाई सोरिग उपचार गराइसकेको लामा स्याङ्बोले मन्तब्यका क्रममा जानकारी दिए । चारप्रकारले औषधि उपचार गर्ने पद्दती रहेको छ । सोरिग उपचार पद्दतीबाट ठिक भएकी तारा राईले आफू सोरिग उपचारले अहिलेको अवस्थामा आउन सकेको बताएकी थिइन् । त्यो भन्दा अघि लाखौंलाखको एलोपेथी औषधि सेवन गरेको तर, ठिक नभएपछि अन्तिममा सोरिग उपचार पद्दती अपनाएपछि आफू स्वस्थ्य बनेको बताइन् ।
डा. गुरुङले गाउँ गाउँमा सोरिग डाक्टरहरु फैलाउनको लागि अहिले कलेजको स्थापनामा लागिरहेको र सबैले विद्यार्थीहरु दिएर सहयोग गर्न आग्रह गरे । कार्यक्रममा धरान उपमहानगरपालिकाका निमित्त कार्यकारी गणेशप्रसाद खतिवडाले आफूले यो उपचार पद्दती सुनेको मात्रै बताउँदै आफू पनि उपचारका लागि आउने बताए । यसैबीच सोरिग उपचार पद्दतीलाई जनतामाझ पु¥याउन उच्च योगदान पुर्याएको भन्दै ५ जनालाई प्रशंसा पत्रले सम्मानित गरिएको छ ।
कृति टिभीकी प्रबन्ध निर्देशक गंगा पलिखे, कार्यक्रम निर्देशक मोहन श्रेष्ठ, ललित राई, ब्लाष्टकर्मी भोजराज श्रेष्ठ र छ्योलिङ गुम्बाका संस्थापक अध्यक्ष लोकबहादुर थिङलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।