खोटाङ/शैक्षिक विकृति नियन्त्रणका लागि राखेको मागलाई जिल्ला शिक्षा कार्यालयले सुनुवाई नगरेको भन्दै सङ्घीय समाजवादी फोरमनिकट समाजवादी विद्यार्थी फोरमले खोटाङमा विरोध ¥याली निकालेको छ ।
मार्कसिट तथा चारित्रिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरी, भवन निर्माणमा भइरहेको अनियमितता लगायतका विसङ्गति नियन्त्रणका लागि राखेको मागलाई शिक्षा कार्यालयले बेवास्ता गरेको भन्दै समाजवादी विद्यार्थी फोरमले बिहीबार सदरमुकाम दिक्तेलमा विरोध ¥याली निकालेको हो ।
दिक्तेलको भवगैरादेखि शुरु भएको ¥याली हाटडाँडा हुँदै किरातचोक पुगेर कोणसभामा परिणत भएको थियो । भदौ २१ गते मौखिक तथा असोज २ गते बुझाइएको पाँच बुँदे ज्ञापनपत्रको विषयमा शिक्षा कार्यालयले बेवास्ता गरेकाले विरोधका कार्यक्रम थालिएको समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष रबिन खम्बूले बताए । माग सुनुवाई नभएको भन्दै विद्यार्थी फोरमले कात्तिक २६ गते पहिलो चरणको आन्दोलनको घोषणा गरेको थियो ।