धनकुटा/ स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा जिल्लाको कुरुलेतेनुपा गाविस–२ मा निर्माणाधीन स्वास्थ्य चौकीको भवन निर्माण थालेको पाँच वर्ष बित्न लाग्दा पनि सम्पन्न भएको छैन ।काठमाडौं हेड अफिस भएर इटहरीमा शाखा रहेको नीलगिरी कन्स्ट्रक्सनले आर्थिक वर्ष ०६९÷०७० को भदौदेखि निर्माण कार्यको जिम्मेवारी लिएपनि हालसम्म स्वास्थ्य चौकी भवन बन्न सकेको छैन । उक्त कन्ट्रक्सनले १८ महिनामा स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न गर्नेगरी शहरी विकास भवन निर्माण डिभिजन कार्यालय धनकुटामार्पmत् १ करोड ५७ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
[caption id="attachment_19633" align="aligncenter" width="700"] निर्माणाधीन भवनको अगाडि जग्गादाता मङ्गलकुमार याक्खा ।[/caption]तर भवन निर्माण सम्पन्न गर्ने सम्झौता अवधी सकिएको साढे तीन वर्ष बित्दा पनि भवन नबनेपछि स्थानीयवासी चिन्तित भएका छन् ।स्वास्थ्य चौकीलाई भवन बनाउन निःशुल्क जग्गा प्रदान गर्ने कुरुलेतेनुपा–२ का ४८ वर्षीय मङ्गलकुमार याखालले कुरुलेवासीले स्वास्थ्य सेवा लिन सहज होस् भनेर राम्रो भवन बनाउन ५ रोपनी जग्गा दान गरेको बताए । उनले साउदी अरबमा ४ वर्ष बसेर कमाएको रकम ऋण तिरेर बाँकी उब्रिएको साढे तीन लाखले १६ रोपनी जग्गा पूर्व सभासद हेमराज भण्डारीका बुबा डिल्ली भण्डारीबाट किनेर स्वास्थ्य चौकीलाई दिएको बताए । जग्गा पास गरेको ६÷७ वर्ष र भवन बनाउन थालेको पाँच वर्षभन्दा बढी भएपनि पूरा नहुँदा साह्रै दुःख लागेको उनले बताए ।मङ्गलबहादुरले रेडक्रस सोसाइटी कुरुलेतेनुपालाई पनि भवन बनाउन एक रोपनी जग्गा यसअघि नै निःशुल्क दिएको बताए । तर जग्गा दिएको वर्षौं बित्दा पनि रेडक्रसले समेत अहिलेसम्म भवन नबनाएको गुनासो गरे । उनले मुख्य ठेकेदार युवराज डाँगी कहिले पनि साइडमा नआएको र पेटी ठेकेदार ईश्वरी खत्री भने कहिलेकाहिँ आएपनि एक वर्षयता उनीपनि देखा नपरेको बताएका छन् ।
तरुण दलका कुरुले अध्यक्ष पूर्ण मगरले २४ कोठाको दुई तले पक्की भवन बनेपनि ठेकेदारले सरासर बनाइनदिँदा जनताले प्रयोगमा ल्याउन नपाएको बताए । भवन बनेपछि काम गर्नेले समयमै गुणस्तरीय काम नगर्दा भवन नै जोखिममा पर्दै गएको उनले बताए । यस्तै, गुणस्तरीय सिमेण्ट प्रयोग नगरेको, बालुवाको मात्रा बढी प्रयोग गरेको, शुरुमा छत ढलाईको स्टिमेट भएको तर पछि ट्रष्ट हालेर छाना लगाउने तयारी गरिरहँदा ठेकेदार नै बेपत्ता भएको कुरुले–२ का ललित याखाले बताएका छन् । उनले भवन बनाइसक्नु भन्दा पनि बनाएको अधुरो भवन नै भत्किन थालेको बताए ।यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.मदनकुमार उपाध्यायले कुरुलेको स्वास्थ्य चौकी भवनमा स्वास्थ्य मन्त्रालयले लगानी गरेको र भवन निर्माण तथा शहरी विकास डिभिजन कार्यालय धनकुटामार्पmत् काम भइरहेको बताए । उपाध्यायले निर्माण कार्य ढिला भएको विषयलाई लिएर ०७२ साल फागुन २८ गते जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित ठेकेदार र शहरी विकास कार्यालयका प्रतिनिधिबीच त्रिपक्षीय कुराकानी भएको जनाए । छलफलमा निर्माण व्यवसायी नीलगिरी कन्स्ट्रक्सनका प्रतिनिधिले ०७३ असार मसान्तसम्ममा स्वास्थ्य चौकीको सम्पूर्ण निर्माणको काम सकेर भवन स्वास्थ्यलाई जिम्मा लगाउने प्रतिबद्धता जनाएको उनले बताए ।
निर्माण व्यवसायीले निर्माण कार्य सक्ने भनेको पछिल्लो प्रतिवद्धता पनि ६ महिना बित्दा समेत काम नै शुरु नगरी निर्माण व्यवसायी बेपत्ता भएको उनले बताएका छन् ।उता शहरी विकास तथा भवन निर्माण डिभिजनका इञ्जिनियर रुद्र मिश्रले ०६९ सालमा भएको सम्झौताअनुसार सम्झौता भएको मितिले २ वर्षभित्रमा नीलगिरी कन्स्ट्रक्सनले स्वास्थ्य चौकीको भवन निर्माण कार्य सक्नुपर्ने भएपनि निर्माण कार्य नसकेको कारण विभागले पेनाल्टी तोकेर पुनः ०७३ असार मसान्तसम्म काम सक्नेगरी म्याद थप गरेपनि हालसम्म निर्माण कार्य सम्पन्न नगरेको बताए । उनले नेपालको ठेकेदार यस्तै हुन् भन्दै आपूmपनि विभागको कामले काठमाडौं पुगेको ब्लाष्टलाई टेलिफोनमार्पmत् जानकारी दिए ।उता निर्माण व्यवसायी नीलगिरी कन्स्ट्रक्सनले निर्माण कार्य गर्नको लागि जिम्मेवारी लिएका रुद्र खत्रीको मोबाइल नं. ९८५२०५३०५८ मा फोन गर्दा मोबाइल स्वीचअफ भएका कारण ब्लाष्टले सम्पर्क गर्न सकेन ।