ram kumarरसैको माया वस्यो ख्याल ख्याल गर्दैमा विरसै भयो, विछोड हुदैमा भन्देउ उसलाई नभनी देउ अरु कसैलाई ... २०५० साल तिर निकै चर्तित बनेको यस गीतका गायक रामकुमार राई अहिले सिकिस्त विरामी परेका छन् । उनको कलेजो र किड्नीले काम गर्न छाडेपछि उनि सिकिस्त विरामी परेका हुन् । उनलाई विराटनगर र काठमाण्डौको अस्पतालमा उपचार लागि लगिएको थियो । डाक्टरले उनको कलेजोमा क्यान्सर भएको र मृगौला दुवै फेल भएको उनका माईला दाजु नगेन्द्र राईले बताए । डाक्टरले घरमै राखेर औषधी सेवन गर्न सुझाव  दिएपछि अहिले उनी ओछ्यानमा लडिरहेका छन् । मध्यम वर्गका उनी कृषि पेशामा आश्रित छन् । सुमधुर स्वरका धनि गायक राई श्रावण महिना देखि विरामी परेको परिवारले जनाएको छ । रेडियो नेपालको क्षेत्रिय प्रशासरण केन्द्र धनकुटाबाट धेरै बज्ने गीतहरु मध्य पर्छ गायक राईको गीत । संगीत प्रेमी धेरै श्रोताको जिब्रोमा झुण्डिएको थियो उनको गीत । २०४९ सालमा काठमाण्डौंमा रेकर्डिङ गराएको सो गीतले नै गायक रामकुमार राईलाई गायकको रुपमा परिचित गराएको थियो । त्यस गीत वाहेक नजाउ छाडेर , एक्लै पारेर...लाग्छ नि झझल्को ... लगायतका तीन दर्जन भन्दा बढी गीतहरु रकर्डिङ भईसकेका छन् । मोरङको बेलबारी नगरपालिका वडा नं. ११ साविक कसेनी ३ बोराबाँध बस्दै आएका राई परिवारका साथ २०२७ सालमा धनकुटा मुगाबाट झरेका थिए । २०२५ सालमा बाबु अम्वरबहादुर राई र मंगलमाया राईको कान्छा छोराको रुपमा रहेका राईका चार भाई दाजुभाईहरु छन् । उनीले होक्लाबारीमा रहेको मावि स्कूलबाट एसएलसी पास गरेका थिए । गीत संगीतको क्षेत्रका योगदानको कदर स्वरुप पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोको आयोजनामा बरिष्ठ संगीतकार  अम्वर गुरुङबाट सम्मानित भएका थिए । त्यसको अलवा स्थानीय संघसंस्थाले विभिन्न कार्यक्रममा उनलाई सम्मान गरिसकेको छ । एक छोरा र श्रीमतीका साथ बस्दै आएका गायक राई संगीतको क्षेत्रमा अझै केहि गर्ने सोंच रहेको बताउँछन् । एक साता देखि निकै सिकिस्त विरामी भएका राई मंगलवार हलुका बोल्न सक्ने हुँदा रक्सीको सेवन कसैले पनि गर्न नहुने भित्रीमनैबाट अभिव्यक्ति दिएका थिए  । गायकहरुमा रक्सीको लत गहिरो रुपमा गाडिएको हुँदा कलाकारहरुले अझ यसबाट जोगिनु पर्ने उनले बताए । गायक राईको शिघ्र स्वास्थ्य लाभको कामना ...