चित्रबहादुर केसी माइक्रोबाट लडे
धरान /राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी माइक्रोबाट लडेर घाइते बनेका छन् ।
घाइते बनेका केसीको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनको टाउको र ढाडमा चोट लागेको बताइएको छ । माइक्रोबाट लडेपछि उनलाई स्थानीय र प्रहरीको सहयोगमा अस्पताल ल्याएको बताइएको छ ।
मैतीदेवीस्थित कोठाबाट मण्डिखाटारमा रहेको पार्टी कार्यालय जाने क्रममा उनी गुडिरहेको माइक्रोबाट लडेका हुन्। डिएसपी नवराज कार्कीका अनुसार बा १ ज ६३१८ नम्बरको नीलो माइक्रोमा रहेका केसी गौशालाको ओरालोमा लडेका थिए।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























