खपटासहित पक्राउ परेकालाई मुद्दा
पाँचथर/सालकको खपटासहित पाँचथरको भारपाबाट पक्राउ परेका दुईजनालाई मुद्दा चलाइएको छ ।
मङ्गलबार पक्राउ परेका भारपा–६ का खडकबहादुर योङहाङ र रसुभाङ–३ का ६५ वर्षीय नरबहादुर योङहाङलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले बताए ।
प्रहरीले विशेष सूचनाको आधारमा मेची राजमार्गको भारपामा सालकको खपटा (आखेटोपहार) सेतो बोरामा पोको पारी हातमा झुन्ड्याई हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
बरामद गरिएको अन्दाजी पाँच किलो (आखेटोपहार) सालकको खपटासहित पक्राउ परेका व्यक्तिउपर कारबाहीका लागि जिल्ला वन कार्यालय पाँचथरमा दाखिला गरिएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































