धरान / धरान ५ स्थित झुनाज फिटनेसले पूर्वाञ्चलमा नै पहिलो पटक एरोविक प्रशिक्षक प्रशिक्षण कक्षा सम्पन्न गरेको छ । प्रशिक्षक प्रशिक्षण कक्षामा सफल हुने पाच जनालाई शुक्रवार प्रमाण पत्र प्रदान गरेको छ ।
प्रशिक्षणमा सहभागि आठ जना मध्ये ५ जना प्रशिक्षक प्रशिक्षणमा सफल भएको प्रशिक्षक झुना राईले वताईन । सफल हुनेहरुमा यसोदा राई, हसिना सुव्वा, सुनिता लिम्वु, निकीता श्रेष्ठ र स्मिता प्रधान रहेका छन । प्रशिक्षकका अनुसार तीन महिने एरोविक प्रशिक्षक प्रशिक्षण कोर्षमा सफल भएकाहरुले आफै एरोविक कक्षा संचालन गर्न सक्ने छ । सफल भएका पाच जना मध्ये स्मिता प्रधानले काठमाण्डौको एक एरोविक सेन्टरमा एरोविक गराउन थालिसकेको प्रशिक्षकले जानकारी दिए ।
प्रशिक्षक झुना राईले फिटनेस सम्वन्धि एरोविक, जुम्वा र नेपालमानै पहिलो पिलोक्सिङ्ग कोर्ष गरिसकेका छन । यी सम्पुर्ण कोर्षहरु उनले सिंगापुर, भारत र नेपालमा भित्रनै गरेको वताइन । अव चाडै नेपालमानै पहिलो पिलोक्सिङ्ग फिटनेस कक्षा सुरु गर्ने योजना रहेको उनले वताइन ।