विजयपुर/फल्गुनन्द नोमाङगेना सेवा सघंद्धारा सञ्चालित फल्गुनन्द लाफयङ बाहुभाषिक पाठशालाको प्रथम बार्षिक कार्यक्रमको अवसरमा ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिक तथा ब्लाष्टखबर डटकमका प्रधानसम्पादक राजकुमा कार्कीलाई बिषेश सम्मान गरिएको छ । कार्कीलाई नेपाल सरकारका शिक्षा मन्त्री धनिराम पौडेलले शुक्रबार इलामको कमल स्थित फल्गुनन्द लाफयङ बाहुभाषिक पाठशालामा आयोजीत बिषेश कार्यक्रममा बिषेश सम्मान गरिएको हो ।

rk-sirr

देशलाई पन्चायतकालिन अबस्थाबाट मुक्तगरि देशलाई लोकतान्त्रीक गणतन्त्र सम्म ल्याउन प्रधानसम्पादक कार्कीले खेलेको भुमिकालाई बिषेश सम्मान पत्रमा उल्लेख गरिएको छ । खासगरि देशमा प्रजातन्त्र,शान्ति र संबृद्धि निर्माणका लागि पत्रकारिता क्षेत्रबाट पु¥याउनु भएको योगदानलाई समेत प्रसंसा गरिएको छ । बिशेस सम्मानपछि कार्यक्रममा बोल्दै प्रधानसम्पादक कार्कीेले आस्था र बिश्वास भएमात्र आफुले चाहेको कुरा पुरा हुने भन्दै शान्ति,संबृद्धि र स्वतन्त्रताका लागि हरेक नागरिकले सतिसाल जस्तो भएर रहनु पर्ने बताए ।

बिबिध भाषाभाषि,जातजाती र धर्म संस्कृतीको फ्युजनको रुपमा बहुभाषिक तथा बहुसास्कृतीक पाठशाला खुलेको भन्दै यसलाई बिकाश गर्न आफु सधैब तयार रहेको बताए । सोही कार्यक्रममा फल्गुनन्द–लफयङ सृजनशील पत्रकारीता पुरस्कार ब्लाष्ट टाईम्स दैनिककी संगिता लावती र बिजपुर एफएम धरानकी इक्सा मादेनलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेल प्रमुख अतिथी रहेका थिए भने फल्गुनन्द नोमाङगेना सेवा सघंका अध्यक्ष डम्बरकुमार तुम्बापोको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा तेश्रो पुस्ताका धर्म संम्रक्षक गुरु लाफायङ देबबहादुर तुम्बापोको ७४ औ जन्मोत्सब समेत मनाइएको थियो ।