dkttधनकुटा/ राष्ट्रिय तथा निजी आवासीय विद्यालय एशोसिएसन नेपाल क्षेत्रीय समन्वय समितिको धनकुटामा सम्पन्न पूर्वाञ्चल क्षेत्रीय सम्मेलन निजी तथा संस्थागत विद्यालय सञ्चालनमा अफ्ठ्यारो पार्ने गरी सरकारले ल्याएको शिक्षा ऐन तथा नियमावलीका २३ वटा बुँदा अविलम्व संशोधन गर्नुपर्ने मागसहित सम्पन्न भएको छ ।

क्षेत्रीय सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले निजी तथा संस्थागत विद्यालय सञ्चालनमा अफ्ठ्यारो पर्नेगरी सरकारले शिक्षा ऐन आठौं शंसोधनमार्पmत् नियमावलीमा ल्याइएका २३ वटा बुँदा तत्काल संशोधन हुनु पर्ने बताए । उनले कक्षा एकदेखि आठसम्म प्राथमिक, कक्षा ९ देखि १२ सम्मको शैक्षिक तह बनाउने सरकारी नीति ठिक नभएको र सरकारले हातखुट्टा बाँधेर दगुर् भन्ने खालको शिक्षा नीति ल्याएको भन्दै विरोध गरे ।

पत्रकार सम्मेलनमा संयोजक पाण्डव हमाल ठकुरीद्वारा जारी विज्ञप्तिमा मुलुक सङ्घीय संरचनामा जानु, सँगसँगै संरचनागत परिवर्तन पनि हुनु र संशोधित शिक्षा नियमावली, संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका लगायत ऐन नियमहरुले निजी तथा संस्थागत विद्यालय सञ्चालनमा गम्भीर असर पर्नेगरी चुनौति देखिएकाले सरकाले तत्काल संशोधन नगरे एन–प्याब्सन जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने उल्लेख छ ।यसैगरी आवासीय विद्यालय खोल्न शुरुमा कम्तीमा १० प्रतिशत विद्यार्थी आवासीय हुनै पर्ने भन्ने व्यवस्था हटाएर निश्चित समयभित्र विद्यार्थी पु¥याइ सक्नुपर्ने भनी उल्लेख गर्नुपर्ने, विद्यार्थी ओसारपसार गर्दा प्रयोग हुने सवारी साधन कानुनबमोजिम नियमित परीक्षण हुनु पर्ने लेखिएकोमा प्रचलित मापदण्ड पूरा भएको भनी उल्लेख गर्नुपर्ने रहेका छन् । यस्तै कम्पनीबाट गुठीमा रुपान्तरण हुन चाहने विद्यालयहरुलाई भएको व्यवस्थामा गुठीमा रुपान्तरण हुँदा कम्पनी खारेज गर्दा कुनै शुल्क, कर, जरिवाना नलाग्ने व्यवस्था हुनु पर्ने, विद्यालय व्यवस्थापन समितिको अधिकारमा उल्लेखित बुँदाहरु हटाउनु पर्ने, हरेक विद्यालयमा शिक्षक अभिभावक सङ्घ अनिवार्य गठन गर्न सकिने छ भन्ने लगायतको २३ बुँदा संशोधन हुनु पर्नेमा जोड दिइएको छ ।

केन्द्रीय उपाध्यक्ष तथा सम्मेलन संयोजक ठकुरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा क्षेत्रीय सचिव थानेश्वरप्रसाद साह, एन प्याब्सन धनकुटाका अध्यक्ष प्रकाश निरौला, जिल्ला सल्लाहकार राजन पौडेल लगायत उपस्थित थिए । सम्मेलन आयोजना हुनुपूर्व एन प्याब्सन क्षेत्रीय समितिको तर्पmबाट धनकुटा बजारमा नौमती बाजा र झाँकीसहित ¥याली निकालिएको थियो ।सम्मेलनको उद्घाटन सत्रमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

धनकुटा–१ हिलेकी उस्सु खेलाडी तनुजा दर्जी, पत्रकार सञ्जयसन्तोषी राई, धरानका शिक्षाविद्ध धर्मराज राई, झापाका दिलीप अधिकारीलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।सो अवसरमा विभिन्न सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि कर्णबहादुर शाहीले मायाको चिनो प्रदान गरेका थिए । सम्मेलनको आतिथ्यता एन प्याब्सन धनकुटाले गरेको थियो ।