युवतीको रहस्यमय मृत्यु
महोत्तरी(गौशाला)/जिल्लाको महोत्तरी गाविस– ६ अनैठा गाविस निवासी नागेन्द्र चौधरीकी १५ वर्षीया सीमाकुमारी चौधरीको मृत्युमा प्रहरीले आशंका गरेको छ ।
मृतक युवतीको शव उनी सुत्ने कोठामा सलको पासो लगाई झुन्डिरहेको अवस्थामा प्रहरीले आज बिहान बरामद गरेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए ।
परिवारले युवती आफैँले सलको पासो लगाई आत्महत्या गरेको बताएका छन् भने घटना रहस्यमय भएकाले अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























