अघिल्लो आवमा सो सङ्ख्या ५८ रहेकोमा गत आवमा एकसय आठ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिए । तीमध्ये २२ जनालाई जटिल शल्यक्रिया गर्नु परेका कारण जिल्लाबाहिर सिफारिस गरिएको थापाले बताए ।
चालु आवमा गरिएको एक घुम्ती शिविरमा ५३ जनालाई स्वास्थ्य परीक्षण गरिएको थियो, जसमध्ये आठजनालाई भेरी अञ्चल अस्पताल, नेपालगन्ज र राप्ती उपक्षेत्रीय अस्पताल, दाङ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । अधिकांश महिलामा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या देखिएको बताइएको छ ।
सानै उमेरमा विवाह गर्नु, सुत्केरी अवस्थामा गह्रौँ भारी भोक्नु तथा आवश्यक मात्रामा आराम र पोषणयुक्त खानाको उपलब्धता नभएका कारण यो समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेव कुलबहादुर डाँगीले बताए । पछिल्ला दिनमा जनचेतनामा आएको परिवर्तन, पारिवारिक सहयोग तथा बिरामी आफैँ जागरुक भएका कारण यो रोगका बिरामी बढी देखिएको थापाले बताए । रासस रोल्पाका महिला आङखस्ने रोगबाट पीडित
रोल्पा/रोल्पामा आङ खस्ने रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका महिलामध्ये अधिकांशमा सो समस्या देखिएको हो ।
अघिल्लो आवमा सो सङ्ख्या ५८ रहेकोमा गत आवमा एकसय आठ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिए । तीमध्ये २२ जनालाई जटिल शल्यक्रिया गर्नु परेका कारण जिल्लाबाहिर सिफारिस गरिएको थापाले बताए ।
चालु आवमा गरिएको एक घुम्ती शिविरमा ५३ जनालाई स्वास्थ्य परीक्षण गरिएको थियो, जसमध्ये आठजनालाई भेरी अञ्चल अस्पताल, नेपालगन्ज र राप्ती उपक्षेत्रीय अस्पताल, दाङ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । अधिकांश महिलामा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या देखिएको बताइएको छ ।
सानै उमेरमा विवाह गर्नु, सुत्केरी अवस्थामा गह्रौँ भारी भोक्नु तथा आवश्यक मात्रामा आराम र पोषणयुक्त खानाको उपलब्धता नभएका कारण यो समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेव कुलबहादुर डाँगीले बताए । पछिल्ला दिनमा जनचेतनामा आएको परिवर्तन, पारिवारिक सहयोग तथा बिरामी आफैँ जागरुक भएका कारण यो रोगका बिरामी बढी देखिएको थापाले बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।