भूकम्प आउनु पूर्व दिने सूचना प्रविधिको विकास गरिदै
धरान /अव भूकम्प आउनु अघि नेपालमै पूर्व जानकारी दिने प्रविधिको विकास भएको छ । चीन सरकारको सहयोगमा नेपालमै पूर्व जानकारी दिने भूकम्पको प्रविधि तयार गरिएको हो ।
यसको प्रयोगसमेत गरिन थालिएको छ । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले पहिलोपटक भूकम्पको पूर्वसूचना दिने यन्त्र जडान गर्न सुरु गरेको छ । पहिलो चरण अन्र्गत काठमाडौं वरपरका क्षेत्रहरुमा पाइलटिङ गरिरहेको छ ।
यो प्रविधिले भूकम्पका प्रारम्भिक तरंगलाई विश्लेषण गर्छ र ५ रेक्टरभन्दा माथिका भूकम्पबारे केही सेकेण्डअघि नै सूचना प्रवाह गर्छ । त्यसका कारण सावधान रहन र सुरक्षित स्थानसम्म पुगेर बस्न सहयोग पुग्छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























