भद्रपुर/सामुदायिक र निजि विद्यालयमा हुने विभेदलाई अन्त्य गर्ने उदेश्यले १ सय ३० जना विद्यार्थीलाई जाडोको न्यानो कपडा स्वेटर वितरण गरिएको छ । झापाको भद्रपुर स्थित भृकुटी प्रावि सामुदायीक विद्यालयलाई प्रज्ञा एकाडेमीका प्रिन्सिपल इशुभ पाण्डेले सम्पूर्ण विद्यार्थीलाई निःशुल्क स्वेटर प्रदान गरेका हुन् ।
कुनै स्वार्थ विना सामाजिक दायित्व राखेर प्रज्ञा एकाडेमीले बार्षिक रुपमा नगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको प्रज्ञा एकाडेमीका प्रिन्सिपल पाण्डेल बताए । गत बर्ष वीरेन्द्र माविका विद्यार्थीलाई स्वेटर दिएको जानकारी गराउदै मेचीपारीका सामुदायिक विद्यालयलाई पनि खेलकुद सामाग्री प्रदान गरिने जनाए ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र लम्सालको अध्यक्षतामा तथा शिक्षा कार्यालय झापाका उपसचिव उद्धव विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालय स्रोत व्यक्ति प्रेम भुजेल, प्रज्ञा एकाडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवनकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक यशोदा चुडालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रेमप्रसाद भटटराईले गरेका थिए ।