काठमाडौं / काठमाडौंको जैसीदेवलमा मन्दिर उत्खननका क्रममा मानव कंकाल भेटिएको छ ।२०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण ध्वस्त भएको मन्दिरत उत्खनन गर्दा डडेको अवस्थामा रहेको मानव कंकाल भेटिएको हो ।चौतारिया लक्ष्मीनारायण जोशीले मल्लकालमा निर्माण गरेको जैसीदेवलमा मानव कंकाल भेटिएपछि पुरातत्व विभागले परीक्षणका लागि बेलायत पठाउने भएको छ ।
करिब एक सय फिटमुनि भेटिएको मानव कंकाल र अन्य वस्तुको अनुसन्धान गरिने भएको छ । पुरतत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले केही जनावर र मानव हड्डी भेटिएको जानकारी गराउदै थप अध्ययन भइरहेको वताए ।विभागले बेलायतस्थित दुरहाम विश्वविद्यालयको सहयोगमा ४० दिनसम्म ७ वटा सम्पदाको अध्ययन गरेको थियो ।
सबै विषयको अध्ययन गरी इतिहासको थप प्रमाण फेला पार्ने उद्देश्यले मन्दिरमा उत्खनन गरिएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।