इ–रिक्साको ठक्करबाट मृत्यु
चितवन/पूर्वी चितवनको रत्ननगरमा शुक्रबार दिउँसो इ–रिक्साको ठक्करबाट घाइते भएका एक वृद्धको गए राति मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका–१ भक्तिनी बगैँचा नजिक ना १ ह ५१८५ नंको इ–रिक्साले खैरहनी नगरपालिका–१ ज्यामिरेका ६५ वर्षीय हिरालाल विकलाई ठक्कर दिएको थियो ।
घाइते विकको उपचारका क्रममा गए राति १२ बजे कलेज अफ मेडिकल साइसेन्स भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । इ–रिक्सा र चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























