लागुऔषधसहित दुई जना पक्राउ
कञ्चनपुर/पश्चिमी सीमानाका गड्डाचौकीबाट आज बिहान सशस्त्र प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
निकटवर्ती भारतीय बजार वनवासाबाट प्रतिबन्धित नाइट्रोभेट नामक लागुऔषध एक हजार पचास थानसहित भीमदत्तनगरपालिका–१० का २३ वर्षीय रामसिंह धामी र बेलडाँडी नगरपालिका–६ का मदन गिरीलाई पक्राउ गरेको हो ।
दुबै जनालाई लागुऔषधसहित सीमा नाकामा चेकजाँचका क्रममा पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक नेत्र केसीले बताए ।
धामी लामो समयदेखि लागुऔषधको ओसारपसारमा संलग्न रहेको पाइएको छ । लागुऔषधसहित पक्राउ गरेका दुबै जनालाई आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइने उनले बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























