पाँचथर/ अखिल नेपाल लेखक संघ पाँचथरको एकता भेला शुक्रवार फिदिममा सम्पन्न भएको छ । भेलाले मदन ‘मुच्र्छना’ को अध्यक्षतामा १८ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रविन्द्र काफ्ले, सचिव राज दिलाञ्जली, सहसचिव सह–सचिव प्रेम नेपाल र कोषाध्यक्षमा जुनु खतिवडा चयन भएका छन् ।

समितिका सदस्यहरुमा महेन्द्र योङ्या, राजन खतिवडा, सिरेन राई, सूर्यमान बेघा, नवीन लावती, प्रदीप बाँस्कोटा, पासाङ गुरुङ, सहरसिंह तामाङ, जंग तामाङ, मनु लोवा, लक्ष्मी लिम्बू, बिनोद दुःखी तिम्सिना र शंकर आत्मालाई चयन गरिएको छ । नेकपा माओवादी केन्द्र पाँचथरका इन्चार्ज हर्क नेम्वाङ ‘मिक्सो’ को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले साहित्यकार आकाशमणि बराललाई संघको प्रदेश समितिमा पठाउने निर्णय गरेको जनाइएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेम्वाङले अग्रगमनलाई रोक्ने प्रयास भइरहेको भन्दै संघीयता, गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता जस्ता उपलब्धीको रक्षा तथा अन्यायका विरुद्ध कलम चलाउन लेखकहरुलाई आग्रह गरे ।