धरान/ तामाङ जातिहरुले २८५३ औं सोनाम ल्होछार (ज्यालो मे खाम) शनिबार धरानमा मनाइएको छ । ल्होछारको अवसरमा तामाङ समूदायहरुले जातीय पहिरनमा सजिएर साँस्कृतिक सेलो नृत्य प्रस्तुत गरे ।
[caption id="attachment_25413" align="alignnone" width="1024"] कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि माननीय सांसद दीलमान तामाङ पाख्रिनसहित अतिथिहरु । तस्बिरहरुः ब्लाष्ट/रिता लामा[/caption]
धरान–८स्थित नेपाल तामाङ घेदुङ संघ सुनसरी कार्यालय भवन परिषरमा मनाइएको ल्होछारको उद्घाटन माननीय सांसद दीलमान तामाङ पाख्रिनले गरे ।
सांसद तामाङले भौगोलिक बनावटको कारणले पनि तामाङ जातिहरुको भेषभुषामा समस्या आइरहेको र केन्द्रले एउटै भेषभुषाको लागि छलफल तथा सुझावको रुपमा अघि बढाउनु पर्ने तर्क राखे ।
उनले साँस्कृतिक कार्यक्रममा सेलो नाच्दै कार्यक्रमलाई थप मनोरञ्जन गराएका छन् । जातीय भेषभुषमा सुसज्जित तामाङ समूदायले विषेश पूजापाठका साथ ल्होछारको प्रारम्भ गरे ।
सामूहिक रुपमा मनाइएको ल्होछारमा धरान–८, ११, १४, १५, १६, २४ र २५ नम्बर वार्डका तामाङहरुले जातीय साँस्कृतिक नृत्य सेलो प्रस्तुत गरेका थिए । धरान–८ र १५ ले तीन–तीनवटा नृत्य प्रस्तुत गर्दा धरान–१६ ले दुईवटा र अन्य वार्डले १–१ वटा नृत्यहरु प्रस्तुत गरेका थिए ।
यसैबीच तामाङ समूदायका दुई विद्यार्थीहरुलाई सम्मानित गरियो । धरान–१६ का पवन तामाङ र धरान–२३ की मनिषा तामाङलाई कार्यक्रमका विशेष अतिथि घेदुङका राष्ट्रिय सल्लाहकार सुजेन्द्र गोले तामाङले प्रशंसा पत्रले सम्मानित गरिएको थियो ।
राष्ट्रिय सल्लाहकार गोलेले सोनाम ल्होछार पर्व मात्रै नभएर जातीय पहिचानको लडाईसमेत भएको बताए । उनले यसलाई जातीय आन्दोलनको रुपमा अघि बढाउन सबै तामाङ जातिहरुको सहयोग आवश्यक रहेको बताए ।
त्यस्तै जयबहादुर मोक्तान, मानबहादुर योञ्जन, रोशन पाख्रिन र हेम योञ्जन तामाङलाई सम्मानित गरिएको अध्यक्ष प्रेम तामाङ वाइवाले जानकारी दिए ।