उर्लाबारी / बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ ।
रेल्वे लाइन विस्तारका क्रममा क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लागेर सुनसरी छिटाहा–९ का २६ वर्षीय रामनारायण मण्डल र सुनसरीकै चिमडी–८ का २२ वर्षीय राजेश सरदारको मृत्यु भएको हो । विराटनगर–४ का सिन्टु कोइरालाले चलाएको क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा चार मजदुर घाइते भएका थिए । घाइतेमध्ये मण्डल र सरदारको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको हो । घाइते छिटाहा–९ का ३२ वर्षीय रामु मण्डल र २४ वर्षीय काशी ठाकुरको कोसी अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।
क्रेन र त्यसका चालकलाई नियन्त्रणमा लिइएको जिप्रकाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए । रासस
करेन्ट लागेर उर्लाबारीमा दुईको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































