धरान/टेष्टी टेष्टी मिस एसईईको अडिसन मंगलबार धरानमा भएको छ । अडिसनमा माध्यामिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका ५० जनाले भिडन्त गरेका छन् । जसमध्ये ३० जनालाई अन्तिम छनौट गरिने तयारी भइरहेको आयोजक धरान जेसिज वर्ष २०१७ का अध्यक्ष सन्दीप शाक्यले बताए । यस अघिको मिस एसईईमा ३१ जनासम्मलाई अन्तिम छनौट गरेको थियो । सोही अनुरुप यस पटक पनि आयोजकले छलफल गरेर अन्तिम छनौट गर्ने तयारी भइरहेको छ । छनौट भएकाहरुलाई चैत्र २५ गतेबाट विभिन्न तालिमहरु प्रदान गरिने छ । बैसाख १५ गते हुने ग्राण्ड फिनालेमार्फत् विजेता घोषणा गरिने छ । अडिसनमा धरान उच्चमावि प्राचार्य ताराबहादुर निरौला, महिला सञ्जालकी सुनिता केसी, पत्रकार महासंघ सह सचिव दिनेश गजमेर, कोरियोग्राफर डिजे ललित र जेसी क्लवका भूतपूर्व अध्यक्ष सुनिल श्रेष्ठ निर्णायक रहेका थिए ।