धरान/टप युनिभर्सलको आयोजनामा हुदै आएको ‘युनिभर्सल आइकन’ को दोस्रो संस्करण बैसाखको पहिलो साता हुने भएको छ ।
[caption id="attachment_39109" align="alignnone" width="900"]
युनिभर्सल आइकन–२ बारे जानकारी दिदै आयोजक टप युनिभर्सलका पदाधिकारीहरु । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
विद्यार्थीहरुमा भएको नृत्य तथा गायन प्रतिभालाई प्रस्फुटित गर्ने उद्देश्यले गतवर्षदेखि जारी आइकनको अडिसन बैसाख ५ गते हुने भएको हो । यो पटक अडिसन झापा, मोरङ र सुनसरीमा हुने भएको छ । अडिसनबाट गायन र नृत्यमा ३०–३० जना प्रतियोगीहरुलाई छनौट गर्ने कार्यक्रम संयोजक शिशिर राईले बिहीबारको पत्रकार सम्मेलनमा बताए ।
अन्तिम ३०–३० जना मध्ये फाइलन राउण्डमा ५–५ जना पुग्ने छन् । यो पटक गायन तथा नृत्यको विजेताले जनही ५०–५० हजार रुपैयासहित ट्रफीहरु प्राप्त गर्ने छन् । व्यक्तिगत तर्फ बेष्ट पर्सनालिटी, बेष्ट फ्रेण्डसिप, बेष्ट डिसिप्लिन, बेष्ट पब्लिक च्वाइस अवार्डबाट पुरस्कृत गरिने छ । उनीहरुलाई जनही नगद १० हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।
एसईई परीक्षा दिएर बसेका नेपाल भरीका विद्यार्थीहरुले प्रतियोगितामा सहभागी हुन पाउने टप युनिभर्सलका अध्यक्ष प्रकाश लकान्द्रीले बताए । छनौट भएकाहरुलाई विभिन्न तालिमसँगै संगीत तथा नृत्यका कक्षाहरु प्रदान गरिने छ । प्रतियोगिताको फाइनल जेठ १३ गते धरानमा गरिने भएको छ ।