मन्दिरबाट चाँदीकाे मुकुट चाेरीयाे
भक्तपुर / सूर्यविनायक–१३ साँगास्थित महादेव मन्दिरमा चोरी भएको छ । बुधबार बिहान २ बजेको समय महादेव मन्दिर मेन गेटको ताल्चा फुटाई चाँदीको नाग मूर्ति र नागमाथि लगाएको चाँदीको मुकुट चोरी भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तुरका प्रहरी नायब निरीक्षक एवं प्रवक्ता कृष्ण प्रसाईंका अनुसार अन्दाजी चार केजीसहित पाँच लाखबरबरको धनमान चोरी भएको छ । प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान भइरहेको उनले राजधानीलाई जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































