लागुऔषध मुद्दामा सन्तोष बिक पक्राउ
धरान/लागूऔषध मुद्दामा दोषी करार पाएका धरान–१४ का सन्तोष बिक पक्राउ परेका छन् ।
जिल्ला अदालतले २०७१ चैत्र १५ गते दोषी प्रमाणित गरेका उनी दुईवर्ष यतादेखि फरार थिए । उनलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले जेष्ठ ८ गते पक्राउ गरेको हो । अदालतले उनलाई ११ महिना २ दिन कैद र १ लाख रुपैया जरिवाना तोकेको थियो ।
घर मै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालतमा पेश गर्दै झुम्का कारागारमा पठाइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































