संसद बैठक भोली चल्ने, प्रमको सम्बोधन पनि भोली नै
धरान/व्यवस्थापिका संसदको बैठक बुधबारसम्मको लागि स्थगित भएको छ । संसदमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्दै राजिनामा समेत बुझाउने तयारी गरेका थिए ।
तर, प्रतिपक्ष एमालेले बैठक अवरुद्ध गरेपछि केही समयको लागि संसद बैठक सारिएको थियो । तर, पुनः सहमति जुट्न नसक्दा भोलीको लागि बोलाइएको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक अपरान्ह ३ र ५ बजे भन्दै सूचना टाँस गरिएको थियो ।
तर, साँझ ५ बजेसम्म पनि दलहरुबीच सहमति जुट्न नसक्दा बैठकको सयम ७ बजेसम्मको लागि सारिएको थियो । अन्ततः सूचना टाँस गर्दै बुधबारसम्मको लागि बैठक स्थगित गरिएको बताइएको छ । संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































