लेबनोन, बहराइन, कतार, यूएई, कुवेत, ओमान, मलेसिया, नेपाल ,दक्षिण कोरिया ,साउदी अरेबिया ,नँया ठाँउ, नयाँ वातावरण तथा नयाँ सँस्कृति भएको मुलुकमा रोजगारीको लागि जाँदा मनमा डर लागिरहने समस्या भईरहन सक्छ। यस्तो भएको कसरी थाहा पाउने ? कुनैपनि काम गर्न सक्छु भन्ने हिम्मत नआउने उचाई, गर्मी जस्ता कुराहरुसँग धेरै डर लाग्ने कसैसँग बोल्न डर लाग्ने, आफूलाई लागेको कुरा भन्न डर लाग्ने जस्तै तपाईंले नाबिगारेको कामको लागि कसैले काम बिगार्यो भनेर गाली गर्यो भने मैले हैन भन्न पनि नसक्ने कुनै काम सुरु गर्नुभन्दा पहिला बिग्रिन्छ कि वा सजाय पाँउछु कि भनेर डर लाग्ने थाहा नभएको कुरा वा नदेखेको कुरा संझिएर डर लाग्ने राती ट्वाईलेट जान डर लाग्ने अँध्यारोमा बस्न डर लाग्ने म लड्छु कि, बिरामी हुन्छु कि जस्तो भएर कमजोर भएजस्तो लाग्ने निन्द्रा नलाग्ने कोही मान्छेसँग विश्वास नलाग्ने, धेरै शंका लाग्ने । समाधानका उपायहरु  डर मानेकाले मात्र डर लागेको हुनसक्छ । काम गरिरहँदा बानी भएर पनि धेरै डर हट्छ । डराएर गरेको काम कहिल्यै राम्रो हुँदैन । मलाई मात्र हैन सबैलाई डर लाग्छ भन्ने कुरा मनमा राख्ने भरसक एक्लै नबस्ने, साथीभाईहरुसँग कुराकानी गरेर बस्ने आफू बलियो छु भन्ने महशुस गर्ने ।  एकैचोटी गर्न नसक्ने कामको जिम्मा नलिने । राती जान डर लागेको ठाँउमा दिँउसो गईहेर्ने । कुनै काम सिकेर मात्र गर्ने । आफूले गर्न थाल्न्भन्दा पहिला कसैलाई गर्न लगाउने । आफूलाई भुलाउन गीत सुन्ने वा गाउने स्रोत : यो लेख बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल अर्थात टि.पि.ओ. नेपालको मनोसामाजिक स्वास्थ्य नामको वेबसाइटमा उपलब्ध लेखमा आधारित हो ।