पथरी/ मोरङको उर्लाबारी नगरपालिका – ५ बाट आजदेखी प्राइम एफ.एम. १०५.२ मेगाहर्जको सुरु भएको छ ।
प्राइम एफ.एम प्रालिद्धारा सञ्चालित सो एफ.एम गणतन्त्र दिवसको अवसर पारेर प्रशारण सुरु गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक मन नेम्वाङले बताए । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा कृयाशील उर्लाबारीका मदनबाबु प्रसाई, झापा सुरुङ्गा निवासी नेम्वाङ, दमकमा स्थापित व्यवसायी सुरज धिमाल र ७ बर्षदेखि पत्रकारिता गर्दै आएका मोरङको रतुवामाई नगरपालिका निवासी सुमन घिमिरेको गरी करीब ५० लाखको संयुक्त लगानीमा सो एफएम सञ्चालनमा आएको हो ।
एफ.एमले राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमलाई स्थान दिएपनि बढीभन्दा बढी स्थानीय सूचना, समाचार एवं विविध घटनालाई स्थान दिने प्रबन्ध निर्देशक नेम्वाङले बताए । एफ.एमले स्थानीय क्षेत्रको विकास, पर्यटन प्रवद्र्धन, जातजाति, भाषा, संस्कृति, रहनसहन, आर्थिक समृद्धि, राजनीतिक स्थायित्व, शैक्षिक, स्वास्थ्य, कृषिलगायतको लागि सूचना, समाचार एवं मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्ने पत्रकार सम्मेलनमा बताए ।
उर्लाबारीबाट प्राइम एफ.एम सञ्चालन
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































