एजेन्सी/आज कलका मानिसलाई रमाइलो गर्न त मन लाग्छ तर बच्चा चाहिँ नजन्मियोस् भन्ने इच्छा पनि हुन्छ । त्यसका लागि बजारमा अन्य कन्ट्रासेप्टिभका अलावा गर्भनिरोधक चक्की पाइन्छन् । महिलाहरूले प्रयोग गर्ने यी चक्कीले खराब असर पनि पार्छन् ।
१.रजस्वलामा समस्या — यी चक्की खान थाल्दा मासिक धर्म बिग्रन्छ । पिरियडका बेलामा अत्यधिक रक्तश्राव हुन्छ र तीव्र पीडा हुन्छ । प्रजनन प्रणालीमा पनि यसले असर पार्छ ।
२. शारीरिक पीडा — लामो समयसम्म चक्की खाँदा रजस्वलाका बेलामा पेट दुख्ने, कम्मर दुख्ने, छाती दुख्ने र भारीपनको समस्या आउँछ । रक्तश्राव भएर कमजोरी पनि हुन सक्छ । समस्या बढेमा चिकित्सकको परामर्श लिनुपर्छ ।
३. तौल र मोटोपन — विवाहित महिलाको यो आम समस्या हो । गर्भनिरोधक चक्कीमा भएको हर्मोनको साइड इफेक्टले शरीरमा पानीको मात्रा बढाउँछ र तौल बढाइदिन्छ । बर्थ कन्ट्रोलमा भारी मात्रामा एस्ट्रोजेन हुन्छ जसले भोक सिध्याएपनि तौल बढाइदिन्छ । चक्की खान थालेको केही समयमै बोसो बढेको थाहा पाउनुहुन्छ ।
४. गर्भधारणमा समस्या — गर्भनिरोधक चक्कीको अत्यधिक सेवनले गर्भाशयको झिल्ली बिस्तारै कमजोर हुँदै जान्छ । अनि गर्भधारणको समयमा समस्या अनुभव हुन्छ । शरीरको रोगप्रतिरोधक क्षमता घट्न सक्छ ।
५. शारीरिक समस्या — चक्की खान थाल्दा शारीरिक समस्या शुरु हुन्छ । यसले हर्मोन सन्तुलन प्रभावित गर्छ । पेटमा पीडा, अनुहारमा फोका, छटपटी, बान्ता, बढी निद्रा, टाउको दुख्ने जस्ता समस्या आउँछन् ।
त्यसैगरी स्तनमा समस्या, योनिमा संक्रमण, आँखा कमजोर, रगत जम्ने र सेक्समा अरुचि जस्ता समस्या पनि आइलाग्छन् ।