सुनसरी/ गत श्रावन २७ गते राती आएको बाढीमा बगाउँदैै गरेको मानिसको ज्यान बचाउन महत्वपूर्ण योगदान गरेको भन्दै दुहवीका बीरु ऋषिदेव र अनिल ऋषिदेवलाई लायन्स क्लव अफ इटहरी सिटीले सम्मान गरेको छ ।

इटहरी सिटि सँगै ट्वीटेरियन सोसाईटी इटहरी, सुनसरीले सम्मान सहित राहत बितरण गरेको हो बुढीगङ्गा नदीमा आएको बाढीमा इटहरी ४ बाट बगेकी सानुमाया राईलाई दुहवीमा पुर्याएको अवस्थामा जिवितै उद्धार गर्ने कार्य गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । बिरु र अनिल दुवै लाई सम्मान पत्र सहित नगद ४० हजार बराबरको घरायसी सामग्री र दुवैको परिवारलाई समेत लत्ताकपडा समेत उपलब्ध गरिएको हो ।

दुहवीमा बुढी नदिको बाढी आएको बेला बाढीमा ४ घण्टा बगेकी इटहरी–४ घर भएकी सानुमाया राईको को उद्धार को लागी वीरु ऋषिदेव र अनिल ऋषिदेवलाइ सम्मान पत्र सहित नगद ४० हजार बराबरको घरायसी समान, बिरु र अनिलका पुरै परिवारलाइ पुग्ने कपडा सहित सम्मानित गरेको लाईन्स क्लब अफ इटहरीक सिटिका अध्यक्ष राजन सुवेदीले वताए । अन्य संस्थाको सहयोग पनि रहेको उनको भनाई थियो ।

दुहवी स्थित सुनसरी समुदायिक हस्पिटलले सानुमाया राईको उपचार निस्शुल्क गरि ठुलो योगदान गरेको भन्दै हस्पिटल संचालक सरोज कुमार सिंहलाइ पनि सम्मान गरिएको थियो । सानुमायाको पर्खाइमा ज्यान बचाउने वीरु ऋषिदेव, अनिल ऋषिदेव बुढी गंगा गाउँपालिका–५ खोला किनारमा रहेको सुकुम्वासी डिपु टोलमा बस्छन् ।