जुम्ला/ पातारासी गाउँपालिका–६ का २० वर्षीय क्षेत्रबहादुर बुढाले आफ्नो छ महिनाको छोरा आशिषको हत्या गरेका छन् । गत सोमबार क्षेत्रबहादुरले नाबालक छोराको घाँटी च्यापेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडामणि पुनले जानकारी दिए। श्रीमती जंगलमा दाउरा लिन गएका बेला उनले छोराको घाँटी च्यापेर मारेको स्वीकार गरेको पुनले बताए । एक वर्षअघि कतारबाट फर्केका बुढाले छोरालाई मारेर आफू पनि आत्महत्या गर्न ‘सुसाइड नोट’ लेख्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । बुढालाई कर्तव्य ज्यानअन्तर्गतको मुद्दा लगाएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक पुनले बताए।
बाबुद्वारा छ महिने छोराको हत्या
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































