आधा केजी गाँजासहित तरहराबाट एक युवा पक्राउ
धरान/सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराबाट प्रहरीले शुक्रबार राती आधा किलो गाँजासहित एक युवकलाई पक्राउ गरको छ ।
पक्राउ पर्नेमा भोजपुर पौवादुम्बा गाउँपालिका ६ घर भई हाल ईटहरी २० तरहराका २० बर्षिय टिकाराम राईलाई पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भईरहेको छ ।
यस्तै मोरङको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट सुनसरी बराह नगरपालिका ६ का २६ बर्षिय संदिप राईलाई लागूऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल र डाईजेल्याब ८ एम्पुल बरामद गरेको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































