काठमाडौं । काठमाडौं वाफलका गुण्डा समीरमान सींह बस्नेत ०७२ भदौ ३ मा प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा कुमार घैंटेको समूहमा संलग्न थिए ।

उनको मृत्युपछि बस्नेत आफू पनि इन्काउन्टरमा पर्ने डरले प्रहरीबाट भागिरहेका थिए । कहिले नेपालका विभिन्न ठाउँ त कहिले भारतमा बस्दै आएका थिए, उनी । कुनै समय उनी कलंकी, बाफल र कालिमाटी क्षेत्रका सामान्य गुन्डा थिए । तर, दिनेश अधिकारी (चरी) र कुमार घैंटेबीचको सम्बन्धनमा दरार आएपछि दुवैले छुट्टाछुट्टै ग्याङ बनाउने क्रममा बस्नेत घैंटेसँग नजिक भए । त्यसयता घैंटेको समूहमा रहेर उनले आपराधिक क्रियाकलाप गर्दै आएका थिए । उनी व्यवसायीबाट चन्दा सङ्कलन गर्ने, ठेक्कापट्टामा हस्तक्षेप गर्ने र व्यक्ति अपहरण गर्ने लगायतका कार्यमा संलग्न हुँदै आएका थिए । प्रहरी परिसर काठमाडौंले बस्नेतलाई ‘ए’ ग्रेण्डको गुण्डामा राखेको छ । गाैचन हत्याकाे नयाँ रहस्यः घैटेकाे लगानी फिर्ता नगर्दा हत्या