सिके राउतले उर्दि गरेपछि काेहि गएनन् भाेट हाल्न
सप्तरी । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर दुईको मतदान केन्द्रमा अहिलेसम्म मत हाल्न एक जना मतदाता पनि गएका छैनन् । सिके राउतको गाउँमा रहेको मतदान केन्द्रमा अहिलेसम्म एक जना पनि मतदाता मतदान गर्न नगएका हुन् ।
सिके राउतले केहीदिन अघि चुनावमा सहभागी नहुन भनेपछि उहाँकाे गाउँका कोही पनि मतदान गर्न नगएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिनुभयो । यो केन्द्रमा २८३ जना मतदाता छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































