ताप्लेजुङ/चालकको लापरबाहिका कारण रोकिराखेको ट्याक्टर अचानक गुड्दा ताप्लेजुङमा एक बालक घाईते भएका छन् ।
फुङ्लिङ नगरपालीका स्थित सदरमुकाम नजिकैको नापि टोलमा सडक किनारमा रोखि राखेको मे १ त ५०३६ नंबरको ट्याक्टर अचानक गुड्दा ट्याक्टरको ठक्करबाट स्थानिय ५ वर्षिय अनमोल लिम्बु घाईते भएका हुन् ।
घाईते अनमोल साविकको लिवाङ गाविस १ घर भई हाल घटना स्थल नजिकै डेरा गरी बस्ने सन्तबिर लिम्बुका छोरा हुन् । ट्याक्टर न्यूटलमा रोकि राखेको र ओट नलगाएका कारण आफै गुडेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
घाईते बालकको दाहिने खुट्टामा चोट लागेको बताईएको छ । उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ भने नाम थर नखुलेका चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।