धनकुटा । प्रदेश नं. १ को राजधानी धनकुटा हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनकारीले आज विहान एसपी सवार भएको गाडी तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासन कार्यालयमा अागजनी गरेका छन् ।
बुधबार बसेको मन्त्री परिषद्को बैठकले १ नं. प्रदेशको अस्थायी मुकाम विराटनगर तोकेपछि आक्रोशित धनकुटाबासी विहानैदेखि आन्दोलनमा उत्रिएका थिए । विहान करिब ९ बजेको समयमा एसपी सुदीप राजभण्डारीको नेतृत्वमा रहेको प्रहरी टोलीले बल प्रयोग गरी आन्दोलनकारीलाई पक्राउ गर्दै गाडीमा हाल्न थालेपछि प्रदर्शनकारी थप आक्रोशित भएका प्रदशर्नकारीले क्षेत्रिय प्रशासन कार्यालयमा अागजनी गरेका हुन् । अागजनीबाट भएकाे क्षतिकाे विवरण भने अाउन बाँकी रहेकाे छ । विहानैदेखी अान्दाेलनमा उत्रिएका धनकुटाबासी अनिश्चितकालिन आम हड्तालको घोषणा गरेसँगै धनकुटामा अहिलेसम्म माेटरसाइकल समेत चल्न सकेकाे छैन भने बजार पूर्णरूपमा बन्द छ ।