काठमाडौं/ कार्यसम्पादन मूल्यांकन किर्ते काण्डमा सर्वोच्च अदालतले छाविन गरी कारबाही गर्नका लागि पूर्व डिआईजी नवराज सिलवाललाई कारबाही गर्न दिएको आदेश र यस सम्बन्धी अन्य विषयले नाटकिय नयाँ मोड लिएको छ ।
सिलवाललाई कारबाही गर्न वर्तमान सरकारको तर्फबाट चर्काे दवाव आएपछि काठमाडौं प्रहरीका प्रमुख रविन्द्र धानुक विदा लिएर बसेको श्रोतले जनाएको छ । प्रहरी मुख्यालयले सिलवाल विरुद्ध अदालतमा मुद्दा दर्ता गराउन दवाव दिदैं आएको श्रोतको भनाई छ ।
श्रोतका अनुसार, आफुलाई आएको दवाव थेग्न नसकेर धानुकले विदा लिएर बसेको जनाएको छ ।
किर्ते काण्डमा सिलवाललाई प्रहरीले मोस्ट वान्टेडको सुचीमा राखेर खोज्दै आएको छ । यता, सिलवाल प्रहरीलाई छल्दै लुकेर बसेका छन् । यो मुद्धामा आफु विवादमा पर्न नचाहेको र अब बन्ने नयाँ सरकारले फरक तरिकाले डिल गर्ने भएको हुनाले धानुक विदामा बसेको श्रोतको भनाई छ ।
Todaykhabar