पथरी/ सञ्चार क्लब नेपालले मोरङ पूर्ब क्षेत्रमा कार्यरत चार जना सकृय पत्रकारलाई पुरस्कृत गरेको छ ।
आइतबार क्लवले आफ्नो १४ औं अधिवेशनमा राष्ट्रिय समाचार पत्रका केदार चौहान,गोरखापत्र दैनिकका हरि कोइराला, पत्रकार तेजन खड्का र रेडियो सुनाखरीका रञ्जना बुढाथोकीलाई पुरस्कृत गरेको हो ।
यस बर्षको लिला–गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार केदार चौहान र हरि कोइरालालाई प्रदान गरेका छन् । स्थानीय समाजसेवी जयधर्म आचार्यले आफ्नी स्व.आमा लीलादेवी र स्व.धर्मपत्नी गोमाको संयुक्त नामबाट पुरस्कार स्थापना गरेका हुन् । दुबैं पुरस्कारको राशी जनही पाँच हजार नगद र सम्मान पत्र रहेको छ ।
त्यसैगरी दाताराम पद्यमादेबी खतिवडा स्मृति पत्रकारिता पुरस्कार पत्रकार तेजन खड्का र रञ्जना बुढाथोकीलाई प्रदान गरेका छन् । उक्त पुरस्कार सञ्चार क्लवका पूर्व अध्यक्ष दुर्गाप्रसाद खतिवडाले स्वर्गिय बुवा दाताराम र आमा पद्यमादेबीको स्मृतिमा क्लव मार्फत बर्षेनी प्रदान गर्दै आएका छन् । पुरस्कारको राशी जनही पाँच हजार नगद र सम्मान पत्र रहेको महासचिव नवराज भट्टराईले जनाए ।
कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर खडग फागोले पुरस्कृत पत्रकारलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए । क्लबका अध्यक्ष घनस्याम भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि पत्रकार महासङ मोरङ अध्यक्ष बन्धु पोखरेल रहेका थिए ।
त्यसैगरी उपाध्यक्ष शुसिला पाठक, प्रेस युनियनका मोरङ अध्यक्ष मिनकुमार नबोदित, प्रेस चौतारी जिल्ला सचिब सुदिप कोइराला,उवासङ उर्लाबारी अध्यक्ष भरत भट्टराई लगायत कार्यक्रमको आथित्यता रहेको थियो ।