पानवारी । जिल्ला सहकारी संघ सुनसरीमा नयाँ कार्य समिति चयन भएको छ । संघमा अध्यक्ष सहित बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सहसचिव सहित ४ सदस्य सर्वसमम्त चयन भएका थिए भने अन्य पदाधिकारी निर्वाचनबाट चयन भएका छन् । संघको अध्यक्षमा दामोदर कोइराला, बरिष्ठ उपाध्यक्षमा नरेशकुमार इवारम, महिला उपाध्यक्ष शारदा थापामगर र सहसचिवमा हेमलाल भट्ट सर्वसम्मत चयन भएका थिए । त्यस्तै सदस्यहमा चन्द्रबहादुर सुवेदी, शम्भु श्रेष्ठ, हरिबहादुर प्रधान र राजेन्द्र मेहता सर्वसम्मत चयन भएका थिए । शनिबार इनरुवा स्थित संघको कार्यालयमा भएको निर्वाचनबाट उपाध्यक्षमा दिनेश श्रेष्ठ १ सय १० मत प्राप्त गरी विजयी भएभने प्रतिष्पर्धी सुरेश शर्माले १ सय १ र उमेश चौधरीले ३५ मत प्राप्त गरेका थिए । सचिवमा गंगा दाहाल १ सय ६३ मत प्राप्त गरी विजयी भए भने प्रतिष्पर्धी गंगा दाहालले ७४ मत प्राप्त गरे । कोषाध्यक्षमा राजुसिंह चौधरीले १ सय ५५ मत प्राप्त गरी विजयी भ एभने प्रतिष्पर्धी भिषण लामाले ६६ र थिरबहादुर खड्काले २२ मत प्राप्त गरे । त्यस्तै सदस्यहरुमा लक्ष्मी प्रधानले १ सय ३५, सविता दाहालले १ सय २८, मुना तिम्सिनाले १ सय २६, सिर्जना परियारले १ सय २१ र उर्मिला कटवालले १ सय २० मत प्राप्त गरी विजयी भएका छन् ।