सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
सिनेमा

नवराज सिलवालविरुद्व मुद्दा दर्ता गर्दै महान्यायाधिवक्ता भण्डारी

ब्लाष्ट खबर फागुन २, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber

काठमाडौ/ महान्यायाधिवक्ता बसन्तराम भण्डारीले पूर्व डीआईजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध मुद्दा दर्ता गर्ने भएका छन् ।

सरकारी किर्तेमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले नमानेपछि भण्डारी आफैंले दर्ता गर्ने भएका हुन् ।

सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्यराज दाहाललाई सिलवालविरुद्ध मुद्दा दर्ता गर्न महान्यायाधिवक्ता भण्डारीले दबाव दिएका थिए । तर, दाहालले सिलवाल विरुद्धमात्र मुद्दा दर्ता गर्ने आधार नरहेको भन्दै अस्वीकार गरेका थिए ।

एक/दुई दिनभित्रै नयाँ सरकार आउने भएकाले सिलवालविरुद्ध तत्काल मुद्दा दर्ता गर्ने हतारोमा महान्यायाधिवक्ता भण्डारी छन् । तर महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले समेत मुद्दा दर्ता गर्न नमानेपछि कर्मचारीलाई प्रत्यायोजित अधिकार आफूले फिर्ता लिएरमात्र भण्डारीले मुद्दा दर्ता गर्न मिल्छ ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार