काठमाडौं  । उपत्यकामा दिनानुदिन वायु प्रदूषण बढ्दो छ । सबारीसाधनमा यात्रा गर्दा होस् या पैदल यात्रामा, सबैले मुख छोपेर हिँड्नुपर्ने बाध्यता छ । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले भने उपत्यकावासीले यो समस्या अब धेरै दिन बेहोर्नुनपर्ने बताएका छन् ।

वायु प्रदूषणका कारण अनुहार छोपेर हिँड्नुपर्ने काठमाडौं उपत्यकालाई मुख नछोपी हिँड्ने बनाउन आफू लाग्ने नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री पण्डितले प्रतिबद्धता व्यक्त गरेका छन् । उपत्यकामा बढ्दो प्रदूषणको कारण पहिचान गरेर त्यसलाई रोक्ने योजनासहित आफू राजधानी सहरलाई स्वच्छ बनाउन लागिपर्ने उनको भनाइ छ ।

नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विश्वका राजधानी सहरको तुलनामा काठमाडौं अत्यधिक प्रदूषित सहरका रुपमा चिनिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले प्रदूषणका कारणहरु महिल्याएर त्यसलाई निमूल पारेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।