मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ बर्षीय छोरा मोहम्म एमान अपहरणमा परेका छन् । घर पिपराबाट बिहीबार बिहान ८ः३० बजे बुलाहीहवास्थित मदरसामा पढुन जानेक्रममा अपरिचित मानिसले छोरालाई अपरण गरी लगेको वडाध्यक्ष मुसलमानले बताए । एमान कान्छो छोरा हुन् । समैया मदरसामा कक्षा १ मा पढ्ने कान्छो छोरालाई रातो र कालो रङका पल्सर मोटरसाईकलमा आएका २ जनाले अपहरण गरी लगेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै मुसलमानले बताए ।
अपहरणमा परे वडाध्यक्षका छाेरा !
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































