काठमाडौं/ वाम कार्यदलले गठबन्धनको सरकारले सरकारी अस्पताललाई नै मेडिकल कलेज सञ्चालनको अनुमति दिने योजना अघि सार्ने भएको छ ।

कार्यदलले तयार पारेको मस्यौदा संयोजन समितिमा बुझाउँदैछ । कार्यदलमा एमालेबाट भीम रावल, डा। विजय पौडेल र डा। युवराज खतिवडा सदस्य छन् भने माओवादीबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल र मीनवहादुर श्रेष्ठ सदस्य छन् ।

एमाले नेता राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन मेडिकल कलेज, झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन केपी ओली र प्रचण्ड पहिलेदेखि नै सकारात्मक छन् ।

कार्यदलका एक सदस्यका अनुसार पूर्वाधार भएका सरकारी अस्पताललाई नै मेडिकल कलेज बनाउने र सरकारले चलाउन पर्ने सुझाव दिईएको बताए ।