‘विप्लव’ नेतृत्वको नेकपाका दुई नेतालाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ।

स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र पोलिट्ब्युरो सदस्य पदम राई विकासलाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ।

पार्टीको युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न विराटनगर आउँदै गर्दा उनीहरुलाई गिरफ्तार गरिएको प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ले जानकारी दिएका छन्।

प्रवक्ता विकका अनुसार प्रंहरीले उनीहरुलाई विराटनगर चोकबाट गिरफ्तार गरेको हो।

प्रवक्ता विकले आफ्ना नेताहरुलाई सरकारले विनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका छन्। उनले गिरफ्तारमा परेका आफ्ना नेताहरुलाई विनाशर्त तुरुन्त रिहा गर्न माग समेत गरेका छन्।