सुनसरी । पूर्वको मुख्य शहरहरुमा अबैध रुपमा आर्थिक कारोवार मौल्याएको भन्दै केन्द्रिय अनुशन्धान व्युरो सिआईवीले धमाधम अबैध कारोवारीलाई पक्राउ गर्ने सुरु गरेको छ । सुन पसलहरुबाट वित्तिय कारोवार अबैध रुपमा धेरै हुने गरेको भन्दै पूर्वको धरान इटहरी लगायतका मुख्य शहरहरुमा सिआईबीको टोली छापा मादै धमाधम अबैध कारोबारी पक्राउ गर्ने थालेको हो । आईतवार सिआईवीले ईन्भेष्टमेन्ट कम्पनीमाथि छापा मारेको थियो । विभिन्न समुह बनाई अबैध रुपमा आर्थिक कारोबार गर्नेहरुको जालो तोड्न अहिले सिआईवी शहरहरुमा कारोबारी पक्राउ गर्ने थालेको जनाएको छ । नेपाल राष्टबैकबाट अनुमती लिएर कारोबार गर्ने पाउँथ्यो तर कारोवारको लागी अनुमती नलिई कारोबार गरेको पाईयो । कम्पनी दर्ता बैध भए पनि कारोवारको अनुमती लिएको पाईएन सर्वसाधरणलाई पास बुक बनाई महंगो ब्याजमा पैसा लगानी गर्ने गरेको थिए सिआईवीका एक प्रहरी अधिकृतले भने । आईतवार इटहरीमा छिन्ताङ इन्भेष्टमेन्ट प्रालीका डिल्ली आचार्य,प्रकाश आचार्य अपन इन्भेष्टमन्टका भिम चौधरी,श्याम चौधरी, र मनसुन इन्भेष्टमेन्ट कम्पनी तथा इटहरी उपमहानगरपालिका का वडा सचिव सुनिल गुरागाईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर राजन कार्कीले जनाए । कार्कीले भने अबैध रुपमा सरकारबाट अनुमती नलिई वितिय कारोबार गरेका कारण उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु सँगै अन्यलाई पनि पक्राउ गर्ने अभियान चारी रहेको प्रहरीले जनाएको छ । सिआईवीको टोलीले सोमवार दिउँसो तरहराको गोल्डेन चौक स्थित पशुपति गहना गृहमा छामा मारेको थियो । सुनचाँदी व्यवसायीहरुले धितो राखेर अबैध कारोबार गरेको कारण उनीहरु सिआईवीको छानविनमा परेको हुन । पासवुक नै प्रयोग गरेर वैकिङ कारोवार गर्दै आएका उनीहरु सिआईवीको छापाको डरले कागजात लुकाएर केहि भागेको समेत वताईएको छ । वजारमा विग्रल्ती खुलेका सुनचाँदी व्यवसायीले महंगो ब्याजमा पैसा लगानी गदै आएका छन । राष्ट्र वैंकको अनुमति विना त्यसरी वैंकीङ कारोवार हुने गरेको प्रहरीको भनाई छ । शहरहरुमा वैंकमा वचत भएको भन्दा वढि पैसा सुनचाँदी व्यवसायीकोमा रहेको वताएका छन् । महँगो व्याजको लोभमा सर्वसाधारणले वचत गरेको करोडौं रुपैंया जोखिममा रहेको समेत जनाएका छन् । वैंकिङ प्रणालीमै नआएको ठुलो रकमलाई सिआईवीको अभियानले वैंकिङ प्रणालीमा ल्याउन सहयोग गर्ने र वैकमा भएको रकम अभावको समस्या हल गर्न पनि मद्दत पुग्ने भन्दै सिआईवी शहरमा अबैध धन्दा खोज्न थालेको हो ।