काठमाडाै । सरकार विस्तारको तयारीमा सरकार लागेपछि मन्त्री बन्न एमाले–माओवादीमा दौडधुप सुरु भएको छ । आकांक्षी धेरै भएपछि पार्टी नेतृत्वलाई यसको व्यवस्थापन गर्न पेचिलो बन्ने देखिएको छ ।

एमालेमा दुई दर्जन बढीले मन्त्री बन्ने चाहना राख्दा व्यवस्थापन पेचिलो बनेको छ । भीमबहादुर रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण अर्याललाई सम्भावित मन्त्रीका रुपमा हेरिएको छ । त्यसैगरी सरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, यज्ञराज सुनुवार, रघुवीर महासेठ, सुमन प्याकुरेल, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङलगायतले पनि मन्त्रीको दाबी गरेका छन् ।

एमालेमा जस्तै माओवादीमा पनि मन्त्रीहरुको चर्चा सुरु भएको छ । माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन, देव गुरुङ, मातृका यादव, जनार्दन शर्मा, अग्नि सापकोटा, पम्फा भुसाल, देवेन्द्र पौडेल, हितबहादुर तामाङ, हरिबोल गजुरेल, लेखराज भट्ट लगायतबाट मन्त्री हुने सम्भावना छ ।